थाहा छैन मलाई,
मैले संसारलाई बुझ्न सकिन कि संसारलाई मैले बुझाउन सकिन…
यो कस्तो आफ्नालाई नै आफ्नो कुरा भन्न नसक्ने शक्ती पाए
कि त म आफैले आफुलाई यो शक्तिको मालिक बनाए ?
सोच्छु कहिले काहि,
सोच्छु कहिले काहि, म पुरस्कार हो कि सजाए?
सजाए हो भनेे कस्लाई ? आफु कि आफ्नालाई ?
यसतै प्रश्न गर्दै फेरि आफै मन बुझ्दो रहेछ
जति कोशिस गर्दा पनि गाह्रोनै हुदो रहेछ
अलिकती खुशी भए जस्तो लाग्छ अनि खै कुन्नि केले छोप्छ,
यो पन मैले आफ्नै सोचले जनमाए या त यो मनको नै दोश छ।
सोछु कहिलेकाहीँ ,
कि त म मा भावना नै छैन
कि त भावना पोख्ने कला नै भएन
केइ सोच्यो यो सस्तो आसु आइदिन्छ
केइ बोल्यो कती छुचो भनेर बात लागिदिन्छ
थाहा छैन मलाई,
मैले संसारलाई बुझ्न सकिन कि संसारलाई मैले बुझाउन सकिन...
हजारौंको अगाडी बोल्न सक्ने यो बोली,
सयौंलाई बोलेरै झुमाउनु पर्दा नभन्ने म भोली,
जब मनको कुरा आउछ तब स्तभ्ध भयिदिन्छ
एक्लै रुन्छ बरु तर चिच्याउने आट हराइदिन्छ
थाहा छैन मलाई,
मैले संसारलाई बुझ्न सकिन कि संसारलाई मैले बुझाउन सकिन...
-
सुस्मिता बोगटी
मनोविमर्शकर्ता
0 Comments