डिसेम्वर, २०२० मा चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक देखिएको भनिएको तथा जनवरी, २०२० मा विश्व स्वास्थ्य संगठनले घोषणा गरेको कोरना भाइरस Covid-19 आजको दिनसम्ममा आइपुग्दा विश्वभर महामारिको रुपमा देखापरिसकेको छ । यो भाइरसले विश्वका अल्पविकसित देशहरु सहित विकसित देशहरु पनि अछुतो रहन सकेका छैनन् । नेपाल समेत यस महामारिको उच्च जोखिमयूक्त देशको रुपमा रहेको छ ।
कोरोना भाइरसबाट बच्नको लागी न्युनतम प्राथमिक उपायहरु अपनाउनु हरेक नागरिकको
प्रथम दायित्व हुने गर्दछ । यसको लागि प्रत्येक व्यक्तिले आफनो सुस्वास्थ्य प्रति
सचेत हुनुपर्ने देखिन्छ । यसरी आफ्नो सुस्वास्थ्य प्रति ध्यान दिदा दिदै पनि,
परिवारको आफ्नो मान्छे संग कुराकानी गर्दागदै पनि मनमा अनेक किसिमको
संवेगहरु आउन सक्छन् । जस्तै:
|
|
विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको यस असामान्य परिस्थितिमा
नागरिकमा यस्ता लक्षणहरु देखिनु स्वाभाविक रुपमा लिन सकिन्छ । तथापी यस
परिस्थितिबाट दैनिकरुपमा सृजना भएका यावत पक्षहरु जस्तै पारिवारिक तथा सामाजिक सम्बन्ध,
खानपिन, सुताई, दैनिक
कृयाकलापहरु आदिमा प्रतिकूल असर
पर्न गएको छ भने उक्त अवस्थामा हालको जटिल अवस्थामा Online Counseling मार्फत सेवा लिन उपयुक्त हुन्छ ।
हाल नेपाल सरकारले घोषाणा गरेको कोरोना भाइरस विरुद्धको वन्दावन्दी कहिले सम्म
हुने हो यकिन गर्न गाह्रो छ । यस विषम परिस्थितिमा हामीले हाम्रो मानसिक सुस्वास्थ्य
को लागि के गर्न सक्छौ त ?
इन्टरनेट, टेलिभिजन, रेडियो जस्ता विधुतिय सञ्चार माध्यमहरुबाट धेरै भन्दा धेरै जानकारीहरु प्राप्त
भइरहेको छन् । धेरै कुराहरु सुन्दासुन्दै, वुझदा वुझदै पनि मन अस्थिर
भएको हुन सक्छ । अझ विभिन्न समाचारहरु हेर्दा लाग्छ कि ज्वरो आएर मुत्यू भएपनि
कोरोना होकी ?
भन्ने आशंका हुने र शहर बजारका टोलहरुमा तथा गाँउघरहरुमा
कोही विदेश वा बाहिरबाट आएको थाहा पाउने वित्तिकै एक्कासी डर लाग्ने र किन आएको
होला भन्ने सोच हरेक व्यक्तिको मनमा आउने गर्दछ । यसरी आफु वरीपरिका हरेक
कृयाकलापहरुबाट व्यक्तिको मन प्रभावित भइरहेको हुने गर्दछ । यसै सन्दर्भमा मानसिक
स्वास्थ्य र मनोसामाजिक सहयोग निर्देशिकाका आधारभूत सिद्धान्तहरुलाई अनुसरण गर्दै
हालको विषम परिस्थितिबाट हरेक व्यक्तिको मनमा आएको विचलनलाई स्थिर गर्नको लागि
विभिन्न कार्य गर्न सकिन्छ । यसको लागी पहिलो शर्तको रुपमा कोरोना भाइरस आयतित
भाइरस भएको हुँदा हालसालै विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरुलाई अनिवार्यरुपमा
तीनवटा कुरा पालना गर्न गराउनु पर्ने हुन्छ ।
- Social Distance
- Quarantine
- Isolation
अतः मानसिक स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नको लागी केही उपायहरुलाई प्रयोग
गर्न उपयुक्त देखिन्छ । यस संकटको घडिमा नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग
गर्नको लागि संयुक्त राष्ट्रसंघको मानवीय सहयोगमा हुने समन्वय र सुदृढीकरणका लागि
अन्तरनिकाय आपतकालीन अवस्थाहरुमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग निर्देशिका (Inter
Agency Standing Committee Guideline) बमोजिम
मनोसामाजिक सहयोग प्रदान गर्न उपयूक्त हुन सक्छ । यस निर्देशिकाले आपतकालिन
स्थितिमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको लागि मूलभुतरुपमा तपशिल बमोजिम
मार्ग निर्देशित गर्दछ ।
- Look (हेर्ने): बाहिर वातावरणमा के भाको छ घरमा रहेर हेर्न सक्छौ ताकि अवस्था के छ ? बुझन सक्छौ ।
- Listen (सुन्ने): भरपर्दो तथा यथार्थपरक समाचार सुन्ने
- Link (समन्वय गर्ने): हालको बन्दाबन्दीको विषम परिस्थितिमा सञ्चारका माध्यमहरु जस्तै: फोन, मोबाइल, इन्टरनेटको प्रयोग गरी संघसंस्थाहरुसँग समन्वय गरी आफुलाई लागेका समस्याहरु बारे सोधखोज गर्नुका साथै सोको बारे जानकारी लिने र दिने प्रयोजनको लागि समन्वय आवश्यक हुने ।
- तपाई आफु उदास भएको अवस्थामा एक्लै बस्न रुचाउनुहुन्छ होला । तर यसो गर्दा परिस्थिति अझै नराम्रो हुदै जानसक्छ । परिवार सँग समय बिताउने, एक अर्कोसँग कुराकानी गर्ने, ख्याल ठट्टा गर्ने र गीत सुन्ने ।
- तपाईले गर्न छाड्नु भएका कामहरु पून शुरुवात गर्ने । जस्तैः लेखहरु लेख्ने, कथा कविताहरु लेख्ने ।
- आरामदायी अभ्यासहरु गर्ने ।
- लामो श्वासप्रश्वास अभ्यास गर्ने, ध्यान, योगा गर्ने ।
- शारीरिक सरसफाई , खानपानमा विशेष ध्यान दिने र प्रशस्त आराम गर्ने ।
- आफूमा भएको सकारात्मक कुराहरु (सीप, ज्ञान) आदि लाई सम्झने र उक्त सीप तथा ज्ञानहरुलाई क्रियाकलापको रुपमा प्रयोग गर्ने ।
-
अवीना श्रेष्ठ
मनोविमर्शकर्ता
0 Comments