जन्म मेरो चाईना वुहान
नाम कोरना ,कोभिड
नाइन्टिन
छिट्टै हुर्की बढे हवाई
यात्रा गर्दै
विश्व भ्रमण गरे आक्रमण
गर्दै।
वुहानमा मैले पहिलो
फायर खोले ।
इटली र जर्मनीमा म्यासिभ
फायर खोले
लकडाउन होइन खोल्दै
रंगशाला
भिडभाड र पार्टी भोज गरे
आखिर मैले डेथ फायर खोले।
चुक्यो पेनाल्टीमा उल्टै
ब्राजिल
आईसोलेसन बस्यो स्विकारी
भुल
रिसर्च गर्दै बिते कति
धेरै दिन
बन्दैन अझै कुनै भ्याक्सिन
ट्रम्पले पनि थेक्न सकेनन
प्यान्डेमिक त्यो दु:खद
माहोल।
मोदिले छक्का हाने
ट्रम्पको ब्याटिङले
थोरै फाईदा गर्यो बरु
अदुवा बेसार पानीले।
धोउ हात धेरै टाढा बस थोरै
खानपिन गर्नु सधैं तागतिलो ताजै
कियर गर्नु सबलाई
ननिक्लिनु कतै
नभन्नु है रुसलाई सुई लाउछ
मलाई
कोरना कहर नहोला कस्लाई
काममा जाने रहर नहोला
कसलाई।
सुसाईड गर्न ह्याङ्गरमा
झुन्डिएको पिलेन
रोजगारी गुम्दै गयो
बेरोजगारी शहरमा
भोकमरीले बढायो अपराधी
कर्ममा
फर्कायो सबलाई प्राकृतिक
धर्ममा।
यो युगमा सबै बैज्ञानिक
तर्सिए
यो युगमा सबै धनी तर्सिए
कोरना कहरले सबै हच्किए
पालन गरी नियम सबै घर
फर्किए।।
- एल बि चन्द
मनोविमर्शकर्ता
0 Comments